INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम  इन्सेक सङ्खुवासभाको आयोजनामा ०८० असार १५ गते  सम्पन्न गरिएको छ ।

Photo 20230630 Sangkhuwasabha (1)

सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा ३५ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा ३५ जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ ।

६ महिनाको अवधिमा जिल्लामा तीन जना हत्या,चार जना कुटपिट, पाँच बालिकासहित सात जना बलात्कृत र घरेलु हिंसा ४० जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ ।

समीक्षामा जिल्ला समन्वय प्रमुख सुमन शाक्यले इन्सेकले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै इन्सेकको जिल्लामा हिंसामा पीडित भएको अभिलेखीकरण गरेर राज्यलाई खवरदारी गर्दै आएको बताउनु भयो । राज्यले बनाएको नियम कानुन पालना गर्दा अरूलाई असर नहुने गरी प्रयोग गर्नु पर्ने समन्वय प्रमुख शाक्यले बताउनु भयो ।

मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थामध्ये इन्सेकले जिल्लाको मानव अधिकार उल्लङ्घनको अवस्था अभिलेखीकरण गर्ने गरेको समन्वय प्रमुख शाक्यले बताउनुभयो ।

मानव अधिकार उलङ्घनका घटना रोक्नका लागि सबै पक्ष सजग हुन आवश्यक भएको पनि समन्वय प्रमुख शाक्यले बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले पछिल्लो समय फिजिकल घटना भन्दा पनि टेक्निकल घटना हुन थालेका कारण फरक ढङ्गले सतहमा पुग्नु जरूरी भएको बताउनु भयो । घटना कसरी भए भन्दा घटना न्यूनीकरणको कारण उपाय पत्ता लगाउनु जरुरी भएको डिएसपी गोदारले बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलले इन्सेकको तथ्याङ्कले सरकारी संयन्त्रलाई समेत सहयोग पुगेको बताउनु भयो । अहिले भएको तथ्याङ्कमा उमेर समूह, कुन समुदाय हो भन्ने खुलाउन सके अझ राम्रो हुने प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो ।

खाँदबारी नगरपालिका–१ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले कुन स्थानीय तहमा कति घटना भए भन्ने स्थानीय तह खुल्ने तथ्याङ्क आवश्यक भएको बताउनुभयो । उहाँले मानव अधिकार संरक्षण सम्वद्धनका लागि वडाले आवश्यक सहयोग र सहकार्य गर्ने तयार भएको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले अर्ध वार्षिक समीक्षामा आएको सहभागीको तर्फबाट आएको सल्लाह सुझाव जिल्ला प्रतिनिधिले प्रदेश र केन्द्र सम्म पुर्याउनु जरुरी भएको बताउनु भयो । यहाँ आएको सुझावलाई समेटेर प्रतिवेदन बनाउन सके अझ प्रभावकारी हुने उहाँले बताउनुभयो ।

कार्यक्रमा गैरसरकारी संस्था महासंघ सङ्खुवासभाका अध्यक्ष यदुमणी निरौला,नेपाल रेडक्रस सोसाइटीका सभापति सरोज बज्राचार्य, क्रियाशिल पत्रकार तथा मानव अधिकारसँग सरोकार संघ संस्थाको उपस्थिती रहेको थियो ।

Photo 20230630 Sangkhuwasabha (2)

Photo 20230630 Sangkhuwasabha (3)

Photo 20230630 Sangkhuwasabha (4)

अन्य

भिडियो