INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १४ गते बेसीशहरमा सम्पन्न गरेको छ ।

कार्यक्रममा इन्सेक लमजुङ प्रतिनिधि प्रमोद अधिकारीले बाल अधिकार अन्तर्गत बलात्कार र यौन दुर्व्यवहारका तीन ओटा, महिला विरुद्ध हुने सब प्रकारका भेदभाव तथा दुर्व्यवहारका १४ ओटा, जातीय भेदभाव, हत्या, र बहुविवाहको एउटासमेत गरी २१ ओटा घटना प्रस्तुत गर्नुभएको थियो ।

photo20230630lamjung

जिल्ला न्यायाधीश शिवप्रसाद खनालले स्थापना कालदेखि नै इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण भूकिका निर्वाह गर्दै आएको बताउनु भयो । उहाँले समाजमा भइरहने विभिन्न खालका घटनालाई जिम्मेवार निकायहरुले सुक्ष्म तरिकाले हेर्नुपर्ने बताउनु भयो । यस्ता खालका घटनाहरुलाई निराकरण गर्न जिम्मेवार निकाय र नागरिक समाजको महत्वपूर्ण भूमिका रहनेमा न्यायाधीश खनालले जोड दिनुभयो ।

अन्य

भिडियो