INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकको वार्षिक सम्पादन भेला सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२३ को वार्षिक सम्पादन भेला सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको   आयोजनामा पुस २३ र २४ गते वार्षिक सम्पादन भेला सम्पन्न भएको हो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सम्पादन सत्यतथ्य हुनुपर्ने इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताउनु भयो ।

जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका मानव अधिकार उलङ्घन तथा ज्यादतीका ३ सय ९१ घटनाहरू अभिलेख गरेको इन्सेक कर्णाली प्रदेश कार्यालयले जनाएको छ । जस मध्ये बलात्कार, घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार ,यौन दुर्व्यवहार र घरेलु हिंसाका घटनाहरू रहेका छन् ।

दैलेख ६६, डोल्पा १२, हुम्ला ३३, जाजरकोट ४५, जुम्ला २१, कालिकोट २०, मुगु २०, सल्यान ६०, सुर्खेत ७२ र रुकुम पश्चिम ४२ ओटा अभिलेख भएका छन्

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठी र रमेशप्रसाद तिमल्सिनाले वर्ष पुस्तकमा समावेश गरिने घटनाहरूको पुष्टि र पुर्न पुष्टिको बारेमा सहजीकरण गर्नु भएको थियो ।

Photo20230109Surkhet

अन्य

भिडियो