INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बर्दियाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ११ गते सम्पन्न भएको छ ।

कार्यक्रमका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विभिन्न गैर सरकारी संस्था, स्थानीय तह तथा सरकारी सङ्यन्त्र हुदाँपनि महिला र बालबालिका माथि हुने हिंसा बढ्नु चिन्ताको विषय भएको बताउनु भयो ।

प्रजिअ बास्तोलाले नेपाल मानव अधिकार वर्ष पुस्तककालागि सङ्कलित घटनाहरू नमुना मात्र रहेको र ग्रामिण क्षेत्रमा अझ धेरै घटना अभिलेख गर्नु पर्ने बताउदै समुदायमा विभिन्न प्रकारका घटनाहरूलाई सरकारी तथा गैरसरकारी माध्यमबाट उजागर गर्न जरूरी रहेको बताउनु भयो ।

इन्सेक जिल्ला प्रतिनिधि मानवबहादुर चौधरीले जिल्लामा सन् २०२२ जनवरी देखि  डिसेम्बरसम्म  अभिलेख गरिएका ८९ वटा घटना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

जसमध्ये सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु एक जना, परिवारजनबाट हत्या दुई जना, महिला हत्या प्रयास एक जना, महिला आत्महत्या दुरुत्साहन एक जना, महिला बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार २९ जना, बालिका बलात्कार, यौन दुर्व्यवहार ४४ जना, मानव बेचबिखन तथा ओसारपसार दुई जना, बालविवाह तीन जना र बहुविवाह ६ जना रहेका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले औपचारिक रुपमा घटनाको प्रहरीमा जाहेरी नआएसम्म घटनाले मुद्दाको स्वरुप लिन नसक्ने बताउदै बाल विवाह र बहु विवाहलाई अहिले पनि समाजले अपराधकोरुपमा नलिने गरेकाले यस्ता किसिमका घटनाहरू भए पनि परम्परागत सोचका कारण प्रहरी समक्ष नआउने गरेको बताउनु भयो ।

photo2022122801bardiya

अन्य

भिडियो