अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को वार्षिक समीक्षा कार्यक्रम सदरमुकाम सन्धिखर्कमा सम्पन्न गरिएको छ ।
इन्सेकले एक वर्षको अवधिमा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन ज्यादती र अपराधका सङ्कललित घटनाहरूलाई सत्य तथ्य बनाउन, छुटेका घटनाहरू समेटन्, वर्ष पुस्तकलाई थप विश्वासनीय बनाउन र जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्लाको एक वर्षको अवधिमा भएका नागरिक तथा राजनीतिक अधिकार, समाजिक तथा सांस्कृतिक अधिकार, बाल अधिकार, महिला अधिकार, ज्येष्ठ नागरिकका अधिकार, अपाङ्गता भएका व्याक्तिहरूको अधिकार, सङ्क्रमणकालिन न्याय, आत्महत्या र सम्बन्ध विच्छेका घटनाहरू इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले प्रस्तुत गरेपछि घटनाहरू माथि छलफल गरिएको थियो ।
यो वर्षको अवधिमा हत्या पाँच, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार अन्र्तगत सम्पति क्षति एक, बाल अधिकार १४ अन्तर्गत बलात्कार तथा यौन दुर्व्यवहारका ११, मानव बेचबिखन तथा ओसार पसारकौ एक, भु्रण हत्याको एक र बाल विवाहको एक घटना महिला अधिकार अन्तर्गत बलात्कार तथा बलात्कार प्रयासका पाँच, बहुविवाहका दुई, घरेलु हिंसाका ५४ ओटा घटनाहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद वेल्वासेले मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्नुपर्छ भनेर इन्सेकले लामो समयदेखि नै अभियान चलाउनु सरहानीय कार्य भएको भनी प्रसंशा गरे ।
प्रस्तुत प्रतिवेदनमा खाद्य अधिकार र उपभोक्ताको अधिकारको विषयमा आफूहरूको समेत ध्यान जान नसकेका विषयमा प्रतिवेदन प्रस्तुत हुँदा खुसी लागेको र हामीलाई पनि सुधार हुने अवसर प्राप्त भएको बताए ।
जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले मानव अधिकारको प्रवर्धन गर्ने सरकारी निकायमा जिल्ला न्यायाधिवक्ता र गैर सरकारी संस्थामा इन्सेक मात्रै भएको बताए ।
इन्सेकको कामको निष्पक्षता, स्वतन्त्रता, विश्वासनीयताको कारण आम नागरिकले इन्सेकलाई विश्वास गरेको बताए ।
साथै इन्सेक प्रतिनिधि एक्लैले यस्तो प्रतिवेदन प्रस्तुत गुर्न निकै ठूलो कुरा भएको बताए । अब इन्सेकले स्थानीय तहमा पुगी स्थानीय तहका न्यायीक गतिविधि पनि वर्ष पुस्तकमा समेटन सुझाव दिए ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले वर्ष पुस्तकको समीक्षाले हामीलाई समेत मानव अधिकारको डाटा ससन्दर्भ सामग्री हुने बताए । प्रहरी भित्र हुने मानव अधिकारका तालिममा समेत वर्ष पुस्तकको सहयोग लिएको उनले बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष हिमबहादुर जिसी लेकालीले पत्रकार पुग्न नसकेको ठाउँमा समेत इन्सेक प्रतिनिधि पुगी मानव अधिकारका विषयमा बारम्बार आवाज उठाएको बताए ।
नारायण भुसाल