INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि रसुवामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समिक्षा कार्यक्रम ०७९ पुस ९ गते धुन्चेमा सम्पन्न भयो ।

गोसाइकुण्ड गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दावासिदार वाइवाले मानवअधिकार वर्ष पुस्तकले नेपालभरका घटनाहरू समेटेर मानव अधिकार रक्षाको काममा ठूलो भूमिका खेलेको बताउनुभयो ।

नगरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष लीलानाथ न्यौपानेलगायतका सरोकारवालाहरूले मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाका पीडितहरू सुरक्षा तथा न्यायको ढोकासम्म पुग्न नसकेकोले कतैपनि जाहेरी नपरेका तर जानकारीमा घटनाहरू पनि वर्ष पुस्तकमा समेटिनुपर्ने बताए । मानवअधिकार संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सहभागीहरूले वर्षेनी देशभरका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू समेटेर प्रकाशन हुने वर्ष पुस्तक र इन्सेकको अभियानले मानवअधिकार संरक्षणमा ठूलो योगदान तथा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।

इन्सेकका जिल्ला प्रतिनिधी हेमनाथ खतिवडाले नेपाल मानवअधिकार वर्षपुस्तक २०२२ का लागि रसुवाबाट दुर्व्यवहार १, बलात्कार प्रयास १, घरेलु हिंसा २, कुटपीट १ ओटा गरी जम्मा पाँच ओटा घटना इन्सेकको प्रतिवेदनमा समेटिएको जानकारी दिनुभयो ।

312989680_842783227138774_6099673373989301655_n

अन्य

भिडियो