INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हरेक वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तकको आगामी अङ्कका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम हुम्लामा कात्तिक ३० गते सम्पन्न गरिएको छ ।

इन्सेकद्वारा कात्तिक ३० गते आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले इन्सेक जिल्ला प्रतिनिधिले जुनसुकै घटनाहरू सङ्कलनका क्रममा सरोकारवाला निकायसँग सत्य तथ्य बुझेर सङ्कलन गर्दा अझै राम्रो हुने बताए ।

उनले भने–‘हुम्लामा पीडित र पीडकको न्यायअन्याय बुझ्नलाई गाउँगाउँमा गएर गाउँपालिकासँग समन्वय गरी सूचनाको माध्यमबाट सत्यतथ्य घटना सङ्कलन गर्नुपर्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले इन्सेकले गरेको काम सरहानीय रहेको बताए । हुम्लाको विकट्ताका कारण इन्सेक प्रतिनिधिलाई घटना सङ्कलनमा समस्या हुने गरेको पनि उनले बताए । उनले भने–‘समस्या भए पनि सक्दो प्रयास गरी जिल्लाको समग्र रूपमा घटनाहरू समेट्नु पर्छ ।’

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिन्द्रबहादुर बोगटीका अनुसार बालबालिकाका घटनाहरूलाई थुनुवाको ठाउँमा बालबिज्याँई भन्दा उत्तम हुने सुझाव दिए ।

समीक्षामा जिल्ला प्रतिनिधि नन्द सिंहले धम्की कुटपिटका सात, जातीय विभेदका दुई, बाल अधिकार र हत्याका दुई, आर्थिक तथा सामाजिक अधिकारका एक, पठनपाठनका तीन र घरेलु हिंसाका चार गरी जम्मा १९ ओटा घटना प्रस्तुत गरेका थिए ।

नन्द सिंह

अन्य

भिडियो