INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १ गते सम्पन्न गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको  छ ।

समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२२ को प्रथम छ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४३ ओटा घटना अभिलेख गरेको जानकारी दिनुभयो ।

जसमा घरेलु हिंसाका ३४, महिला तथा बालिका बलात्कारका सात र कुटपिटका दुई घटना गरी जिल्लामा ४३ ओटा घटना अभिलेख गरेको सरोकारवाला समक्ष बताउनु भयो ।

कार्यक्रममा पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जिलामा पछिल्लो समय मानव अधिकार उल्लङ्घनका घटनाहरू बढी हुन थालेकाले त्यस किसिमका घटना न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद दाहालले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनु भयो । उहाँले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताउनु भयो ।

समीक्षा कार्यक्रममा नेकपा एमाले जिल्ला पार्टी सचिव किरण राईले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर भोजपुरको मानव अधिकारको वास्तविक अवस्था देखाएको बताउनु भयो । उहाँले इन्सेकले अबका दिनमा स्थानीय तहसम्म पुगेर स्थानीय तहमा भएका तथ्याङ्क सङ्कलन गरे अझै मानव अधिकारको अवस्थाका विषयमा जानकारी हुने बताउनु भयो ।

समीक्षा कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ता, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

photo 20220615 Bhojhapur (1) photo 20220615 Bhojhapur (2)

photo 20220615 Bhojhapur (3)

photo 20220615 Bhojhapur (4)

अन्य

भिडियो