अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डडेल्धुराको आयोजनामा कात्तिक २९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टले सन् २०१८ को जनवरीदेखि सङ्कलन गरिएका ३५ ओटा घटनाहरू प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका घटनाहरूमध्ये हत्या एक, बलात्कारका दुई, घरेलु हिंसाका ३२ रहेका छन् ।
नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष मानबहादुर साउदले इन्सेकले जिल्ला सदरमुकाम भन्दा पनि ग्रामीण क्षेत्रमा रहेका समस्या र घटनाहरूलाई उजागर गर्न सके वर्ष पुस्तक अझै विश्वसनीय हुने धारणा राखेका थिए । उनले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले देशको मानव अधिकारको अवस्थाका बारेमा जानकारी लिन सहयोग पुगेको बताए ।
कार्यक्रममा महिला अधिकारकर्मी सुनीता गैरेले पछिल्लो समय जिल्लामा महिला हिंसाका घटनामा बृद्धि भइरहेकाले यसको न्यूनीकरणका लागि सम्बन्धित निकायले जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
भुपेन्द्र विष्ट