INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ९ गते सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले जुनसुकै व्यक्ति तथा समुदायले अधिकार प्राप्तिको विषयलाई आफ्नो कर्तव्य ठानेर निगरानी राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पछिल्लो समय घरेलु हिंसा र ज्यादतीका घटनाहरुले प्रसय पाएको कुरालाई उजागर गर्दै मानवअधिकारको रक्षार्थ सबै वर्ग, क्षेत्र र समुदायका व्यक्तिहरु एकजुट हुनुपर्ने बताउनुभएको थियो ।

इन्सेकको प्रतिवेदनलाई इंगित गर्दै उहाँले उत्पीडित समुदाय नै मानव अधिकार हनन् र ज्यादतीको चपेटामा बढी परेको बताउँदै त्यो समुदायको चेतना स्तरमा अभिबृद्धि गराउनका लागि अधिकारकर्मीहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

Photo20211225Parbat1

जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवराज बुढाथोकीले राज्यको तहबाट अधिकार उल्लङघनको घटनाहरु कम देखिएता पनि घरपरिवार र समाजबाट हिंसाजन्य घटनाहरु दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो ।

उहाँले समग्र जिल्लाको मानव अधिकार अवस्था बुझ्नका लागि इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन र वर्ष पुस्तक उपयोगी हुने गरेको बताउनुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडीले दृष्टिविहिन विद्यार्थीहरुको शिक्षाको अधिकार र प्रतिवेदनमा उल्लेखित राज्य मातहतका संयन्त्रहरुमा अपाङ्गता मैत्री संरचना नहुनु दुखद कुरा भएको बताउँदै इन्सेकले आफ्नो प्रतिवेदनमा समावेश गरेका अधिकार सचेतनाका कुरा जिल्लाका सबै अधिकारकर्मीहरुको कर्तव्यको कुरा रहेको बताउनुभयो ।

Photo20211225Parbat2

इन्सेकको अभिलेख अनुसार जिल्लामा सन २०२१ जनवरी देखि डिसेम्बरसम्म बाल अधिकार हननका सात, महिला अधिकारका तीन, बलात्कारका चार, हत्या दुई, बालबालिका बेचविखन एक र घरेलु हिंसाका आठ ओटा घटनाहरु भएका छन् ।

अन्य

भिडियो