INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

पछिल्लो समय डोल्पामा बलात्कार र यौन दुर्व्यवहारका घटनामा बढेको पाइएको छ ।

इन्सेक डोल्पाद्वारा पुस ६ आयोजना गरिएको मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्वको समीक्षा कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार बलात्कारका घटनामा बृद्धि भएको पाइएको हो ।

इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटाले सार्वजनिक गरेको प्रतिवेदनमा सान् २०२१ को अवधिमा बलात्कारका ३,  कुटपिटका ३, तोफोड र आगजनी को १ र सामुहिक झडपको १  ओटा गरेर ८ ओटा घटनाहरू उल्लेख गरिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले विगतको तुलनामा मानव अधिकारको उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सङ्ख्या थोरै भएकोकोले मानव अधिकारको अवस्था बलियो हुँदै गएको बताउनुभयो ।

समग्र घटनाको अवस्था विश्लेषण गर्दा बलात्कारका घटनामा बृद्धि भएको अवस्था दुःखद भएको उहाँको भनाइ थियो ।

भूगोलको अवस्थाको कारण विकट बस्तीहरूका घटना अभिलेखीकरणमा छुटेको पनि हुन सक्ने भएकाले सबैले यसप्रति सचेत हुनु पर्नेसमेत प्रजिअ अधिकारीले बताउनुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले गैर सरकारी संघसस्था र महिला अधिकारकर्मीहरूले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएकाले पछिल्ला वर्षहरूमा घटनाहरू कम भइरहेको धारणा राख्नुभयो ।

इन्सेकले सबै स्थानीय तहमा पुगेर अवस्था विश्लेषण गरी घटना अभिलेखिकरण गर्नु पर्नेमा उहाँको जोड दिएँ ।

कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, नागरिक समाज, महिला सञ्जाल, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

20211224Dolpa

20211224Dolpa 1

अन्य

भिडियो