INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०७८ असार ३१ गते जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ ।

सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ असार १६ गतेसम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो ।

जसमा सम्मानित रूपले बाँच्न पाउँने अधिकारसँग सम्वन्धित तीन ओटा, स्वास्थ्य तथा शिक्षा अधिकारको एउटा, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका चार ओटा घटनाहरू प्रस्तुत गरिएको थियो ।

20210716 Humla 1

गाउँपालिका अध्यक्ष लामाले सङ्कलन गर्न छुटेका घटनालाई समेट्न इन्सेकलाई आग्रह गर्नुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी आचार्यले मानव अधिकारका घटना कम हुनु भनेको सुखद पक्ष भएको भन्दै कोभिडको चुनौतीले पनि घटनाहरू कम जानकारीमा आएको हुन सक्नेमा जोड दिनुभयो ।

गम्भिर प्रकृतिका घटनामा संलग्न भएका व्यक्तिहरूको नाम उल्लेख गर्दा  पीडित र पीडकहरूलाई समस्या आउन सक्ने भएकोले इन्सेकले आगामि दिनमा छलफल गर्दा नाम उल्लेख नगर्ने अभ्यास गर्नुपर्ने डीएसपी हेरम्ब शर्माले सुझाव दिनुभयो ।

प्रहरीसम्म आइ पुगेका जस्ता सुकै घटनाहरूलाई पनि प्रहरीले अभद्र व्यवहार भन्न नमिल्ने बैतनिक वकिल राजन चन्दले बताउनु भयो । उहाँका अनुसार घटनाको प्रकृति अनुसार मुद्दा दर्ता गर्नु पर्छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला सेलका इन्चार्ज मिनु आलेले यो वर्ष महिला सम्वन्धिका घटना कम मात्रामा आएको र न्यूनीकरणका लागि सवैको भूमिका रहनु पर्ने बताउनु भयो ।

20210716 Humla 2

अन्य

भिडियो