नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा सम्पन्न भएको छ ।
वर्ष पुस्तक २०२१ का लागि सन् २०२० को जनवरीदेखि डिसेम्वरसम्म अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि सरोकारवालाहरूबीच समीक्षा गरिएको हो ।
जिल्लामा गैर राज्यबाट भएका मानव अधिकार उल्लङ्घनका ३० ओटा घटना सार्वजनिक गरिएको छ ।
जसमा हत्याका पाँच ओटा, हत्या प्रयासको एक ओटा, घरेलु हिंसाका १० ओटा, बलात्कारका १३ ओटा, आत्महत्या दुरूत्साहनको एक ओटा घटनामाथि समीक्षा गरिएको छ ।
समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारीले स्थानीय तहसम्म पुगेर मानव अधिकार उल्लङ्न तथा ज्यादतीका घटनाहरू अभिलेखीकरण गरी इन्सेकले जिल्लाको मानव अधिकार अवस्थाको विषयमा समीक्षा गर्ने उत्तम वातावरण बनाएको बताउनु भयो । उहाँले राज्यले गर्नुपर्ने काम इन्सेकले गरी राज्यलाई थप जिम्मेवार बनाएको बताउनु भयो ।
बालबालिका तथा महिलामाथि बलात्कार र घरेलु हिंसाका घटना प्रतिदिन बढिरहेकाले यस्ता घटनाहरुको न्यूनीकरणमा सरोकारवालाहरूको सबैको ध्यान आवश्यक रहेको हुसाडेक नेपालका महासचिव सरोज भुजेलले बताउनु भयो ।
पत्रकार महासंघ धनकुटा शाखा अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले मानव अधिकार रक्षाका लागि सबै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
