INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

photo1kathmandu20201220 नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते काठमाडौँ सम्पन्न भएको छ ।

कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो ।

जिल्ला प्रतिनिधि विमला पौडेलद्वारा प्रस्तृत प्रतिवेदनमा बालिका बलात्कारका ६० ओटा, महिला बलात्कार ५९ ओटा, बलात्कार प्रयासका १३ ओटा, यौन दुर्व्यवहारका २० ओटा, बहुविवाहका २७ ओटा, मानवबेचबिखन पाँच ओटा र एसिड प्रहारको एक ओटा घटना रहेका छन् । त्यस्तै राज्यपक्षबाट भएका मानव अधिकार उल्लङ्घनका दुई ओटा घटनाहरू अभिलेख रहेको इन्सेक जिल्ला प्रतिनिधि पौडेलले प्रस्तुत गर्नु भएको थियो ।

समीक्षा कार्यक्रका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का बाग्मती प्रदेश संयोजक कृष्ण गौतमले इन्सेकले देशमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्याphoto2kathmandu20201220दतीका घटनाहरूको अभिलेख समेटेर सन् १९९२ देखि नै हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताउनु भयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालिमाटीकी इन्स्पेक्टर कोपिला चुडालले पछिल्लो समय बालिका बलात्कारको घटनामा वृद्धि भएको र यसले समाजमा निकै जटिलता थप्दै गएको बताउनुभयो ।

इन्स्पेक्टर चुडालले उमेर पुगेका महिलाहरूको तुलनामा बालिकामाथि हुने हिंसाका घटना दिनप्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनिकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो ‘स्थानीय तहले पीडितहरूलाई राहात पुग्ने कार्यक्रम बनाएर कार्यान्वयन गर्न आवश्यक छ । पीडित केन्द्रीत कार्यक्रम सञ्चालन गर्न सके मात्रै समस्या समाधान हुन सक्छ ।’

अन्य

भिडियो