INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

इन्सेक झापाको आयोजनामा पुुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम शनिश्चरेमा सम्पन्न भएको छ ।

जिल्लामा सन् २०२० को जनवरीदेखि डिसेम्वर १५ सम्मको अवधिमा भएका मानव अधिकारका घटनाहरूमाथि समीक्षा गरिएको छ ।

जिल्लामा हत्याको १० ओटा, हत्या प्रयास १५ ओटा, बलात्कार तथा बलात्कार प्रयास एक सय १६ ओटा, यौन दुर्व्यवहार १५ ओटा, मानव वेचविखन ६ ओटा, बहुविवाह २० ओटा, प्रहरीद्वारा गोली प्रहार एक ओटा, नवजात शिशु हत्या एक ओटा, पत्रकार कुटपिटको एक ओटा घटना गरी एक सय ८५ ओटा घटनामा एक सय ९०जना पीडित भएको अभिलेख सार्वजनिक गरिएको छ ।

समीक्षामा जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले छलफलबाट आएका सुझावलाई स्थानीय तहहरुसँग समन्वय गरेर समाधानको बाटोमा जाने बताउनु भयो ।

उहाँले कोभिडको समयमा महिला र बालबालिकामाथि बलात्कार र बलात्कार प्रयासको घटना हुनुले डरलाग्दो स्थिति सृजना भएको बताउनु भयो ।

अर्जुनधारा नगरपालिकाकी उप प्रमुख कमला खतिवडा आचार्यले मानव अधिकारको क्षेत्रमा काम गर्न सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । नगरपालिकाले हिंसामा परेका महिलाहरूका लागि राहतकोष स्थापना गरी कार्यविधि समेत निर्माण गरेकोले चाँडै कार्यन्वयन गर्ने जानकारी दिनु भयो ।

मानव अधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेलले इन्सेकले लामो समयदेखि निडरतापूर्वक हिंसाका घटना अभिलेखीकरण गरेर महत्वपूर्ण कार्य गरेको बताउनु भयो ।

उहाँले स्थानीय तहका जनप्रतिधिलाई न्यायिक अधिकार दिए पनि पिडितहरू मानव अधिकारकर्मीसँग र अदालत जानु परेकोमा दुःख व्यक्त गर्नु भयो ।

महिला अधिकारकर्मी तथा अधिवक्ता कोपिला खड्का बस्नेतले जघन्य अपराधमा मेलमिलाप हुने गरेकोमा स्थानीय तहले आफ्ना वकिलमार्फत हिंसामा परेका महिलाका मुद्दामा सहयोग गर्नुपर्ने बताउनु भयो ।

Photo 20201220 YB Jhapa (1) Photo 20201220 YB Jhapa (2) Photo 20201220 YB Jhapa (5) Photo 20201220 YB Jhapa (6)

अन्य

भिडियो