INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) झापाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम विर्तामोडमा सम्पन्न भएको छ ।

समीक्षामा जिल्ला प्रतिनिधिले झापामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनको प्रतिवेदन प्रस्तुत गरेका थिए । सन् २०१९ को जनवरी १ देखि डिसेम्वर ३० सम्मको अवधिमा हत्याका ८ ओटा,कथित बोक्सी आरोपका २ ओटा , हत्या प्रयासका २ ओटा,बलात्कार तथा बलात्कार प्रयासका १०७ ओटा,मानव वेचविखनका १० ओटा,बहुविवाहका १९ ओटा,हिरासतमा मृत्यु १ ओटा,गिरफ्तारी १ ओटा,शिशु हत्याका २ ओटा,भौतिक संरचनामा क्षति ५ओटा,अपहरणका १ ओटा,अप्राकृतिक मैथुनका १ ओटा,जर्बजस्ती यौन कार्यमा लगाएको ४ ओटा,गाली वेइज्जतीका ११ ओटा र अमानवीय व्यवहारका १ ओटा गरी जम्मा १ सय ७५ ओटा घटनामा १ सय ८८ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षामा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले इन्सेकले वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गरिनु महत्वपूर्ण विषय भएको बताउनुभयो । उहाँले मानव अधिकार उल्लङ्घन राज्य पक्षबाट मात्रै हुने भन्दै “ऐनले परिभाषा गरे अनुसार जीवन, मर्यादा समानता र  स्वातन्त्रासँग सम्बन्धित विषयहरू मानव अधिकार भित्र पर्छ भन्दै, स्पष्ट कानूनले व्यवस्था गरेकोले,मानव अधिकार उल्लङ्घन राज्य पक्षबाट मात्रै हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकार रानाले अर्को एक प्रसङ्गमा बलात्कारको घटना बढेकोमा अनुसन्धान गर्न आग्रह गर्दै “बलात्कारको घटना बढ्दो हो कि हामी सचेत भएर प्रहरीसम्म पुग्न सकेको हो यो अनुसन्धानको विषय भएकोले मानवअधिकार क्षेत्रमा काम गर्दै गरेको संस्थाले अनुसन्धान गरिदिएमा समाजलाई फिडब्याक प्राप्त हुने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले  प्रहरीले अहिले सचेत भएर काम गरिरहेको बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय झापा मातहतका कार्यालय चल्ने इकाईहरूमा मानव अधिकार उल्लङ्घन हुन नदिन विषेश सचेत रहेको बताउनुभयो ।

समीक्षामा कार्यक्रममा मानव अधिकार सञ्जाल झापाका सचिव डा.रूपक खनालले मानव अधिकार संरक्षण गर्न सबै पक्ष सचेत रहनुपर्ने बताउनुभयो ।

Photo 20191228 Jhapa (1)

अन्य

भिडियो