अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको वार्षिक सम्पादन भेला पुस १४ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका संयोजक खड्कराज जोशीले यस वर्ष सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा बृद्धि भएको बताउदै इन्सेक जिल्ला प्रतिनिधिले घटना सङ्कलनका साथसाथै मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि आआफ्नो जिल्लामा अग्रसर हुनु पर्ने बताउनु भयो ।
इन्सेक केन्द्रीय कार्यालय,काठमाण्डौका गोबिन्द त्रिपाठीले सन् २०२० मा प्रकाशन हुन गइरहेको मानव अधिकार वर्ष पुस्तकमा नयाँ थप गर्नु पर्ने सूचनाहरूका बारेमा जानकारी गराउँदै जिल्ला प्रतिनिधिहरूले घटनाको पुर्ण विवरण ल्याउन ध्यान दिनु पर्ने बताउनु भयो ।
इन्सेक केन्द्रीय कार्यालल,काठमाण्डौका रमेशप्रसाद तिमल्सिनाले घरेलु हिंसा अन्तरगतका घटनामा प्रहरी कार्यालयमा मिलापत्र भएको, महिलालाई घर निकाला गरेकोसम्मका सूचना मात्रै जिल्ला प्रतिनिधिले सङ्लन गर्ने गरेको बताउँदै आगामी दिनमा मिलापत्रपछिको अवस्था र घर निकाला गरिएका महिलाहरूको पछिल्लो स्थितिका बारेमा पनि सूचना अनिवार्य भएको बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘कुनै पनि घटनामा प्रक्रिया,कारण र परिणामलाई खोज्न आवश्यक छ । आर्थिक,समाजिक तथा सांस्कृतिक अधिकारसँग सम्बन्धित समाचारमा जोड दिनु पर्छ । विगतमा भएका घटनाहरूको अनुगमन गर्न पनि आवश्यक छ ।’
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर बिश्वकर्माले इन्सेक जिल्ला प्रतिनिधिहरूले सन् १०१९मा सङ्कलन गरेका घटनाहरूको अवस्थाका बारेमा जानकारी गराउँदै गत वर्षको तुलनामा यस वर्ष सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा दोब्बरले बृद्धि भएको जानकारी गराउनु भयो ।
सुदूरपश्चिम प्रदेशका नौ ओटा जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकार अवस्थाका बारेमा जानकारी गराउँदै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व समीक्षा कार्यक्रममा सहभागीबाट आएका सुझावहरू आदानप्रदान गरेका थिए ।
