INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा

इन्सेक नेपालगञ्जको आयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले इन्सेकले वर्ष पुस्तकलाई थप परिमार्जन गर्न आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि स्मृति देवकोटाले जिल्लामा सङ्कलन गरिएका धम्की र कुटपिटका तीन ओटा, गिरफ्तारीका ६ ओटा, बाल अधिकार उल्लङ्घनका १३ ओटा, बलात्कार तथा यौन दुव्र्यवहारका आठ ओटा, परिवारजनबाट हत्याका पाँच ओटा घरेलु हिंसाका कारण आत्महत्या गरेको भन्दै प्रहरीमा उजुरी परेका पाँच ओटा, मानव बेचबिखन तथा ओसार पसारका सात ओटा, घरेलु हिंसाका मिलापत्रका १ सय ८ ओटालगायत १ सय ६४ ओटा घटना रहेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा मानव अधिकार आयोग नेपालञ्जकी सूचना अधिकारी द्वारिकाकुमारी अधिकारीले मानव अधिकार वर्ष पुस्तकमा जन्मदर्ता र नागरिकताको विषयलाई पनि विषेश प्रथामिकता दिनुपर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सिडिओ कुमारबहादुर खड्काले स्थानीय तहमा रहेका व्यक्तिहरूको कामको ढिलाइका कारण काम गर्न गार्‍हो हुने बताउनुभयो ।

उहाँले कारागार र बाल सुधार गृहको अवस्था सुधार्न लागि परेको बताउनुभयो । नागरिकताको विषयमा आपूm संवेदनशील रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिहंले नागरिकलाई कहिँकतै बाट डर धम्की आएको भए नडराई घटना बारे जानकारी दिन आग्रह गनुभयो ।

उहाँले मानव अधिकारको विषयलाई सम्वेदनशील भएर हेरेको र मानव अधिकार वर्ष पुस्तकमा प्रहरीमाथि भएको दुव्र्यवहारलाई पनि समेटनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले विप्लव कार्यकर्ताहरूको गतिविधिहरूले व्यवसायीहरूलाई दुःख दिएको बताउनुभयो ।

अधिवक्ता प्रल्हादबहादुर कार्कीले कानुनका नाममा भएका अन्यायहरूको विषयलाई पनि वर्ष पुस्तकमा समेटनुपर्ने बताउनुभयो ।

photo20191229banke (1)

photo20191229banke (2)

photo20191229banke (3)

photo20191229banke (4)

photo20191229banke (5)

photo20191229banke (6)

अन्य

भिडियो