अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व समीक्षा कार्यक्रम लमजुङमा सम्पन्न गरिएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले द्वन्द्वको समयमा इन्सेकले गरेको अध्ययन, अनुसन्धान र रिर्पाेटहरुले महत्वपुर्ण काम गरेको बताउनुभयो ।
मानव अधिकार मान्छेको पहिलो अधिकार भएकोले मानव अधिकार रक्षाको लागि आफुहरु गम्भीर रहेको भन्दै सरोकारवालाहरुले मानव अधिकारका घटनाहरु जिल्लामा सुन्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रुवीन्द्रमान गुरुङले मानव अधिकार उल्लंघनका घटनाहरु नहुका लागि प्रहरी पनि गम्भीर रहेको र मानव अधिकार संरक्षण र संबद्र्धनका लागि सधै सजग रहने बताउनुभयो ।
मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दा मानव अधिकार सम्बन्धित नभएका घटनाहरु पनि बेला बेलामा आउने गरेको हुँदा त्यसतर्फ संवेदनशील हुनुपर्ने सुझाव दिनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लामा घटेका ज्यादतिका घटनामा मानव बेचबिखन र ओसारपोसारको एक, जातीय विभेदका चार, बलात्कारका चार, यौन दुर्व्यवहारका तीन, कुटपिटका दुई, बालविवाहका तीन र घरेलु हिंसाका १५ ओटा गरी ३२ ओटा घटना प्रस्तुत गरिएको छ ।

