नेपाल मानव अधिकार वर्ष पुस्तक (२०१८) का लागि सङ्कलन गरिएका घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रम तम्घासमा मङ्सिर २७ गते सम्पन्न भएको छ ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरे, जिल्ला प्रसाशन कार्यालयका प्रसाशकीय अधिकृत भक्तिराम मरासिनीलगायतले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेकले सार्वजनिक गरेर समाजमा सकारात्मक दबाव सृजना गर्ने काम गरेको बताए ।
तर, मानव अधिकार वर्ष पुस्तकमा समेटिने घटनालाई अझ सत्य तथ्य बनाउन पीडितसम्म पुग्ने गरी पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए ।
जिल्ला अदालत गुल्मीका श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले इन्सेकले घटना सङ्कलनको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।
साथै उनले सम्बन्ध बिच्छेद र आत्मा हत्या जस्ता गम्भीर सामाजिक विषयहरू भएकाले इन्सेकले कुनै न कुनै कार्यक्रममार्फत त्यस्ता विषयलाई समेट्न आग्रह गरे ।
नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डेयले सुक्ष्म रूपमा समाजमा धेरै खाले मानव अधिकारसँग सम्बन्धित घटना रहेपनि समेटन निकै चुनौति रहेको बताए ।
कार्यक्रममा एक वर्षको अवधिमा सङ्कलन गरिएका बलात्कार पाँच, हत्या एक, कुटपिटसँग सम्बन्धित घरेलु हिंसाका ६१, जातीय विभेदका दुई ओटा घटनाहरू सङ्कलन गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, पुर्व इन्सेक प्रतिनिधिहरू, नागरिक समाजका पदाधिकारी तथा अधिकारकर्मीहरू गरी ३५ जनाको सहभागिता रहेको थियो ।
टोपलाल अर्याल