INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

संविधानले मौलिक हकका रूपमा नागरिकका धेरै अधिकारलाई सुनिश्चित गरेकाले अब विकासको अधिकारलाई मानव अधिकारसँग जोड्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

पुस ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इलामले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्ने वक्ताहरूले विकासलाई मानव अधिकारसँग जोड्न आग्रह गरेका हुन् ।

समीक्षामा सहभागीहरूले बलात्कार, बहुविवाह, मानव बेचबिखन जस्ता घटनाहरूको न्यूनीकरणका लागि नागरिक समाज पनि उत्तिकै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जिल्लाको अस्पताल र स्वास्थ्य क्षेत्रमा निकै समस्या देखिएको बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले अब विकासको अधिकारलाई पनि मानव अधिकार सँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘इन्सेकले पनि घटना अभिलेखीकरणको पद्धतिलाई परिवर्तन गरेर विकासको अधिकारलाई पनि समेट्नु पर्छ । अब शान्ति र विकासका विषयमा पनि समीक्षा गर्न जरूरी छ ।’

कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश परियारले बलात्कार जस्ता घटनाको विषयमा प्रहरीले मुचुल्का तयार गर्दा नै सचेत हुन आवश्यक रहेको भन्दै मुचुल्कामै तोडमोड हुने कारण कतिपय पीडितले न्याय नपाउने गरेको बताउनुभयो ।

समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि कोकिला ढकालले वर्ष पुस्तकमा समेटिने घटनाहरू समेटेर प्रतिवेदन प्रस्तुत गरेको गर्नुभयो ।

प्रस्तुत गरिएको प्रतिवेदनमा बलात्कारका २१ ओटा घटना, बहुविवाहका ८ ओटा घटना, बालविवाहको एक ओटा घटना र हत्याका तीन ओटा घटना उल्लेख गरिएको छ । प्रतिवेदनमा वर्षभरिमा तीन दिन बन्द भएको उल्लेख छ ।

photo20191226illam (1)

photo20191226illam (2)

photo20191226illam (3)

photo20191226illam (4)

photo20191226illam (5)

photo20191226illam (6)

अन्य

भिडियो