अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बर्र्सेेनी प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशनपुर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते कालिकोटमा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले जिल्लामा सन् २०१९ को जनवरीदेखि हालसम्म सङ्कलन गरेका ४० ओटा घटना विवरण सहभागी माझ प्रस्तुत गर्नुभएको थियो ।
जसमा घरेलु हिंसासम्बन्धी १० ओटा, बलात्कार तथा यौनजन्य घटना सम्बन्धी १५ ओटा, जातीय विभेद सम्बन्धी तीनओटा, कुटपिटका दुईओटा, कथित बोक्सीको आरोपसम्बन्धी दुईओटा लगायत रहेको जिल्ला प्रतिनिधि मल्लले बताउनुभयो ।
कार्यक्रममा जिल्ला अदालत, कालिकोटका श्रेष्तेदार दामोदर घिमिरेले जिल्लामा जनचेतनाको अभावका कारण मानवअधिकार उल्लंघन तथा ज्यादती र महिला हिंसाका घटनाहरू बर्सेनी बढ्दो क्रममा रहेकोको बताउनुभयो ।
जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारी रत्नबहादुर कटुवालले जिल्लाको मानव अधिकार हनन् हुन नदिनका लागि सरकार, नागरिक सङ्घसंस्था तथा सर्वसाधारणको सहकार्य आवश्यक रहेको बताउनुभयो ।


