INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ को प्रकाशन पूर्वको वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ का लागि सङ्कलन गरिएका घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा ०८२ पुस ४ गते रोल्पामा सम्पन्न भएको छ ।

इन्सेक रोल्पा प्रतिनिधि तिलक घर्तीले रोल्पा जिल्लामा सन् २०२५ जनवरी १ देखि डिसेम्बर १५ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ६२ वटा घटनाहरु अभिलेखित भएको बताउनु भयो । जसमा यौनजन्य घटना– आठ, हत्या– दुई, कुटपिट तथा झैझगडा– १६, झैझगडा गरेर मानसिक यातना दिएको– २५ गालीगलौज, खान लगाउन नदिएको– ११ घटनाहरु रहेका छन् । यो अवधिमा मानव बेचबिखन र जातीय छुवाछुतको मुद्दा रोल्पामा दर्ता नभएको र आत्महत्या रोल्पा जिल्लाको प्रमुख समस्याका रुपमा देखा परेको प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले इन्सेकले समय र परिस्थति अनुसार मानव अधिकारको अवस्थामा परिमार्जन हुँदै आएकाले राज्यको मात्र मुख हेरेर बस्न नहुनेमा जोड दिनुभयो । हरेका वर्ष पुस्तक प्रकाशन गरेर मात्र समस्या समाधान नहुने बताउदै पीडितको अवस्था पनि वर्षपुस्तकमा राखिनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक सुशील थापा नेपालीले घरेलु हिंसाका माध्यम धेरै भएकाले न्यूनीकरणको लागी सवै पक्षहरुको सहयोग र समन्वय बढाउनुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ रोल्पाका पूर्वाध्यक्ष महेश न्यौपानेले मानव अधिकार राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । इन्सेकद्वारा हरेक वर्ष यस्ता खालका समिक्षा गरिए पनि समस्या समाधानमा चूनौती देखिएको समेत बताउनुभयो । कार्यक्रममा सुरक्षा निकाय, पत्रकार, कारागार, नागरिक समाज र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तिलक घर्तीमगर

अन्य

भिडियो