नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि रोल्पा जिल्लामा सङ्कलित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ११ गते लिबाङमा सम्पन्न गरिएको छ ।

इन्सेकका साधारण सदस्य घनश्याम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले ६ महिनामा अभिलेख गरिएका १५ ओटा घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा सबैभन्दा बढी नौ ओटा घरेलु हिंसा, दुई ओटा बलात्कार, एउटा बहुविवाह, बाल हत्या र बालविवाहका एक/एक ओटा घटना रहेका छन् ।
कार्यक्रममा सहभागिहरूले प्रहरीमा आएको मात्र नभई गाउँगाउँमा लुकाइएका र दबाइएका घटनाहरू वर्षपुस्तकमा समावेश गर्नुपर्ने, जघन्य अपराधका घटनाहरू मिलापत्र भएका छन् भने त्यस्ता घटना पनि समावेश गर्नुपर्ने, शिक्षा, स्वास्थ्य तथा मौलिक हकसम्बन्धी नागरिकको आवश्यकता परिपूर्ति नभएका घटनाहरू पनि समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।
माधवकुमार ओली