इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको पुष्टि गर्न प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम कालिकोटमा असार ७ गते सम्पन्न गरिएको छ ।

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले ०७४ पुस १७ गतेदेखि ०७५ जेठ मसान्तसम्म सङ्कलन गरेका १६ वटा घटनाको समीक्षा गरिएको थियो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जिल्लामा हुने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको न्यूनीकरणका लागै सबैले राज्य पक्षका कार्यमा सहयोग गर्नु पर्ने बताए । साथै उनले पछिल्लो चरणमा जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपावाट चुनौती भएकाले ज्यादती रोक्नु पर्ने धारणा राखे ।

जिल्ला समन्वय समितिका सदस्य अनन्त बिकले अहिले पनि समाजमा जातीय विभेद कायमै रहेकाले यसको अन्त्य गर्न इन्सेक लगायत सबै सरोकारवालाले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।
कालीबहादुर मल्ल