INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्वको अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हरेक वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम हुम्लामा असार ४ गते गरिएको छ ।

Photo20180618Humla

इन्सेकद्वारा असार ४ गते आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले इन्सेक जिल्ला प्रतिनिधिले जुनसुकै घटनाहरू सङ्कलनका क्रममा संवेदनशील भएर सङ्कलन गर्दा अझै राम्रो हुने बताए ।

उनले भने-‘हुन त हुम्लामा पीडित र पीडकको कुरा बुझौँ भने पनि सडक सञ्जालले नछोएकोले सम्बन्धित ठाउँमा जानलाई पनि चार-पाँच दिन लाग्ने गर्दछ । तै पनि सूचनाको माध्यमबाट सत्यतथ्य जानकारी लिएर घटना सङ्कलन गर्दा राम्रो हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन श्रेष्ठका अनुसार इन्सेकले सङ्कलन गरेका घटनाहरू सत्यतथ्यमा आधारित छन् । उनले कारागारबाट कैदी फरार भएको घटनालाई पनि पुस्तकमा समेट्न सुझाव दिए ।

नेपाली कङ्ग्रेसका जिल्ला पार्टी सचिव मोहनविक्रम सिंहले घटना सङ्कलन गर्दा घटनाहरूमा दुवै पक्षलाई बुझी निष्पक्ष रूपमा लेख्न सुझाव दिए । समीक्षामा जिल्ला प्रतिनिधि सिंहले १२ ओटा घटना प्रस्तुत गरेका थिए ।

नन्द सिंह

अन्य

भिडियो