INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व जिल्लामा सरोकारवालाबिच अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ६ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२५ को पहिलो ६ महिनामा इन्सेकले जिल्लामा अभिलेखीकरण गरेका मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटना बारे सरोकारवालालाई जानकारी गराउनु भएको छ ।

जिल्लामा सन् २०२५ को जनवरीदेखि जुन १५ सम्मको झण्डै ६ महिनाको अवधिमा ४१ ओटा घटना मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

जसमध्ये घरेलु हिंसाका ३२, महिला तथा बालिका बलात्कारका चार, बलात्कार प्रयास एक , हत्याका दुई र हत्या प्रयास दुई ओटा घटना अभिलेखीकरण गरिएको छ ।

कार्यक्रममा बोल्दै टेम्केमैययुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जिल्लामा मानव अधिकारका विषषयमा इन्सेकले जिम्मेवारपूर्वक काम गर्दै आएको बताउनु भयो । उहाँले पछिल्ला दिनमा जिल्लामा हत्याका घटना बढ्दै गएकाले इन्सेकसँगको सहकार्यमा मानव अधिकार सचेतना आवश्यक भएको बताउनु भयो ।

समीक्षामा गाउँपालिका उपाध्यक्ष रमादेवी राईले महिला तथा बालबालिकामाथिका घटनाहरू न्यूनीकरणका लागि सबैको साझा अभियान आवश्यक रहेको बताउनु भयो । उहाँले महिला र बालबालिका घरपरिवारबाटै असुरक्षित रहुनञ्जेल माहिला तथा बाल अधिकारको रक्षाका लागि चुनौती हुने बताउनु भयो ।

प्रमुख प्रसाशकीय अधिकृत अदिन दाहालले समाजमा अझै पनि विभिन्न खालका हिंसा हुने गरेकोले यस तर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

महिला अधिकारकर्मी मकना देवी चर्मकारले पछिल्लो समयमा विभिन्न क्षेत्रबाट मानवअधिकार हनन् हुन नदिन भइरहेका प्रयासले समाजमा केही सकारात्मक भावनाको विकास भएको बताउनुभयो । समीक्षा कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।

photo 202506020 Bhojhapur (1)

photo 202506020 Bhojhapur (2)

photo 202506020 Bhojhapur (3)

अन्य

भिडियो