INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानवअधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न कार्यक्रम असार १२ गते सम्पन्न भएको छ ।

तनहुँमा पछिल्लो ६ महिनामा ३७ ओटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । उक्त घटनामा ३५ महिला र तीन पुरुष सहित ३८ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दमौलीमा आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानवअधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले तनहुँमा ६ महिनाको अवधिमा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरुको बारेमा सार्वजनिक गर्नु भएको थियो । इन्सेकका अनुसार यस अवधिमा तनहुँमा घरेलु हिंसाका १९, बलात्कार र बलात्कार प्रयासका १०, हत्याको तीन, कुृटपिटको दुई, मानव बेचविखचको एक, बहुविवहाको एक र बालविवहाको एक ओटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले राज्य पक्ष यस विषयमा अलि बढी संवेदनशिल बन्नु पर्ने बताउनुभयो । राज्य मानवअधिकारको संरक्षक भएको हुँदा राज्यका निकायले कतव्र्य पालनाको क्रममा नागरिकको मानवअधिकारको पनि सम्मान गर्नुपर्ने प्रजिअ गौतमले बताउनुभयो । सबैले इमान्दारीका साथ आफ्नो जिम्मेवारी पुरा गरेमा मानवअधिकार हननका घटनामा कमी आउने भन्दै प्रजिअ गौतमले सेवाग्राहीको धेरै भिडभाड हुने कार्यालयलाई सेवाग्राही मैत्री बनाउन आफुले निर्देशन दिएको बताउनुभयो ।

अहिले सडक निर्माणको क्रममा अत्याधिक धुलो र हिलोले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर परेको हुँदा ति विषयलाई पनि उपभोक्ताको अधिकारको रुपमा हेरिनु पर्ने गौतमले बताउनुभयो । प्रजिअ गौतमले राज्यको श्रोत र साधनको आधारमा पनि मानवअधिकार र मौलिक हकको कार्यान्वनय हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताउनुभयो । मानवअधिकारको संरक्षण र सम्वद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको भन्दै उहाँले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानवअधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको उहाँले बताउनुभयो । इन्सेकले मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा राज्यलाई सहयोग गर्दै आएको एसपी बोहोराको भनाई थियो । मानविय कारणले राजमार्ग बन्द हुँदा हजारौं नागरिकको मानवअधिकार हनन हुने हुँदा त्यसतर्फ पनि मानवअधिकारकर्मीहरुको ध्यानाकर्षण  हुनु पर्ने एसपी बोहोराले बताउनुभयो ।

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला उपाध्यक्ष राजेश्वर ढकालले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताउनुभयो । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने उहाँको भनाई छ । इन्सेकको प्रतिवेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उहाँले मानव अधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्वनाथ बास्तोलाले संविधानप्रदत्त अधिकार कार्यान्वयन नहुनु पनि मानवअधिकार हनन हुने हुँदा त्यसतर्फ पनि वर्ष पुस्तकमा उल्लेख गरिनुपर्ने बताउनुभयो । उपचार नपाएर नागरिक मरिरहेका छन्, त्यस्तै पढ्ने खर्च जुटाउन नसकेर वर्षेनी लाखौं विद्यार्थीहरुले पढाई छाडिरहेको हुँदा त्यसलाई पनि मानवअधिकार हननको रुपमा बुझ्नु पर्ने बास्तोलाले बताउनुभयो ।

नेपाल बार एसोसियसनका अध्यक्ष डम्बरदेव हड्खलेले कैदी बन्दीको अधिकारको बारेमा पनि इन्सेकले अनुगमन गर्नु पर्ने बताउनुभयो । उहाँले गिरफ्तार परेका अभियुक्तलाई २४ घन्टा भित्र कानुन व्यवसायी रोज्न पाउने अधिकारलाई कार्यान्वयन गर्न प्रहरीले सघाउनु पर्ने बताउनुभयो ।

पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले मानवअधिकारको सवाल धेरै फराकिलो भएको भन्दै इन्सेकले जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिवेदन तयार गरेर सन्चारकर्मीलाई धेरै सहयोग गरेको बताउनुभयो । पौडेलले एकद्वार संकट व्यवस्थापन केन्द्रमा पनि धेरै पीडितहरु आउने हुँदा उक्त संस्थासँग पनि समन्वय गर्नुपर्ने बताउनुभयो ।

मानवअधिकार निगरानी समुह तनहुँकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा भएको सो कार्यक्रममा दलित अधिकारकर्मी दिपक खातीले जातीय विभेदका घटना गाउँ गाउँमा अझै कामय रही रहेको बताउनुभयो ।photo2081313tanahun

photo4081313tanahun

photo3081313tanahun

अन्य

भिडियो