प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७४ मा पर्यवेक्षण गर्ने पर्यवेक्षकलाई इन्सेकले कात्तिक २८ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा इन्सेक क्षेत्रीय कायाएलय नेपालगञ्जका संयोजक भोला महतले पर्यवेक्षकहरूले पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
पर्यवेक्षकले आचारसंहिता पालना नगरे पर्यवेक्षकको परिचय-पत्र खारेज हुने र पछिका निर्वाचनमा समेत पर्यवेक्षण गर्न अयोग्य रहने गरी निर्वाचन आयोगले कारबाही गर्ने व्यवस्था भएको उनले जानकारी दिए ।

इन्सेकका सधारण सदस्य कृष्णमुरारीप्रसाद भट्टले अभिमुखीकरण कार्यक्रमबाट पर्यवेक्षक आचारसंहिता र पर्यवेक्षकको भूमिकाका विषयमा स्पष्ट जानकारी भएको बताए ।
इन्सेक केन्द्रीय कार्यालयका प्रतिनिधि रमेशप्रसाद तिमल्सिनाले सहजीकरण गर्दै पर्यवेक्षक, उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरसंहिता, सवारी साधन प्रयोग, आम सञ्चार माध्यम, गैरसरकारी संस्था, पर्यवेक्षकलगायतले पालना गर्नुपर्ने आचरणका विषयमा जानकारी गराउँदै विगतमा गरिएका पर्यवेक्षणका क्रममा देखिएका समस्या तथा चुनौतीका विषयमा जानकारी गराए । अभिमुखीकरण कार्यक्रममा बाँके, बर्दिया र दाङका २२ जना पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।
विनोद पाण्डे