मानव अधिकार निगरानी समूहका सदस्यहरूको नेतृत्व विकास गराउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा आयोजित तीन दिने नेतृत्व विकास तालिम पुस २६ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

स्थानीयस्तरमा कामकाज गर्न सजिलो बनाउने उद्देश्य र सहजकर्ता तथा निगरानी समूहका पदाधिकारीलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सम्बन्धमा जानकार गराउने अपेक्षाका साथ तालिमको आयोजना गरिएको इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक सरस्वती मल्लले बताइन् ।
तालिममा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार एवम् वकालतका विषयमा राष्ट्रिय मानव अधिकार आयोगका मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक मुरारी खरेल, कृषि नीति र कृषि कार्यालयले दिने सेवा सुविधाका विषयमा कृषि विकास कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत, सरकारको स्वास्थ्य नीति र जिल्ला जनस्वास्थ्य कार्यालयको भूमिकामा जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्का, शिक्षा नीति र जिल्ला शिक्षा कार्यालयको भूमिकाको विषयमा सहायक जिल्ला शिक्षा अधिकारी गोरख थापा, विकास, सुशासन, पारदर्शीता र जवाफदेहीताका विषयमा जिविसका वरिष्ठ अधिकृत शरद पौडेललगायतले सहजीकरण गरेका थिए ।
तालिममा इएलपी परियोजनाका दाङ, बाँके, बर्दिया, दैलेख, सुर्खेत र कियोस परियोजना अन्तर्गत बाँके जिल्लाका ३४ जना सहभागी रहेका थिए ।
विनोद पाण्डे