INSEC Online

📅 २०८३ जेष्ठ २१

निशुल्क औषधि उपलब्ध गराउन पञ्चपुरी नगरपालिकामा ध्यानाकर्षणपत्र

पञ्चपुरी नगरपालिकाका स्वास्थ्य केन्द्रमा तोके अनुसारका निशुल्क औषधि उपलब्ध गराउन पञ्चपुरी नगरपालिकाको स्वास्थ्य शाखामा ध्यानाकर्षणपत्र बुझाइएको छ । इन्सेकद्वारा पञ्चपुरी नगरपालिकामा गठित मानव अधिकार समूहका संयोजक अम्मर कार्की सहितको टोलीले चैत २१ गते सो शाखामा ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा पञ्चपुरी नगरपालिकामा रहेका सबै स्वास्थ्य केन्द्रहरु बाट नेपाल सरकारले तोके अनुसारका निशुल्क औषधीहरु उपलब्ध गराउनु पर्ने, निशुल्क औषधी नभएका स्वास्थ्य केन्द्रहरुमा तत्काल औषधि पुर्याउनुपर्ने र नागरिकहरुले पाउनुपर्ने निशुल्क औषधिहरु पाए नपाएको बारेमा नियमित अनुगमन गरिनुपर्ने उल्लेख छ । यस्तै पञ्चपुरीका बजार क्षेत्रको प्लाष्टिकजन्य फोहर तथा सामुदायिक विद्यालयहरुका शौचालय र खानेपानीको उचित व्यवस्थापन गरिनुपर्ने ध्यानाकर्षणपत्रमा जनाइएको छ ।

सामान्य बिरामी हुँदा टाढाको अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा उपचार गर्न जाँदा धनजनको क्षति हुने गरेको, नेपालको संविधानले व्यवस्था गरे अनुरुप नागरिकहरुको सबै खाले अधिकार सुनिश्चित गर्ने प्रमुख दायित्व स्थानीय तह र यस मातहतका शाखाहरुको रहेको स्मरण गराइ जिम्मेवार बनाउन आफूहरुले स्वास्थ्य शाखामा ध्यानाकर्षणपत्र बुझाएको संयोजक कार्कीले बताउनु भयो ।

यस्तै समुहले बुझाएको ध्यानाकर्षण बुझदै पञ्चपुरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गंगादेव पुरीले स्वास्थ्य क्षेत्रमा देखा परेको समस्या तथा निशुल्क औषधी उपलब्ध गराउन आफुले यथासिघ्र कदम चाल्ने प्रतिबद्धता जनाएको इन्सेक सहजकर्ता ललिता बिकले बताउनु भयो ।
Photo20240404Surkhet

अन्य

भिडियो