INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन पर्यवेक्षक अनुशिक्षण कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकको आयोजनामा असार १२ गते निर्वाचन पर्यवेक्षक अनुशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।

Photo20170626Kailali

अनुशिक्षण कार्यक्रममा निर्वाचन पर्यवेक्षकले निर्वाचन आयोगको सम्मान र प्रतिष्ठामा आँच आउने कार्य गर्न नहुने र आफ्नो भूमिका स्वतन्त्र, निष्पक्ष एवम् वस्तुनिष्ठ भई पुरा गर्नुपर्ने लगायतका आचारसंहिताका महत्वपूर्ण प्रावधानहरूको बारेमा इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले बताए ।

कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठन कैलालीका जिल्ला संयोजक गिरिराज ओझाले पर्यवेक्षकले स्वतन्त्रतापूर्वक कसैप्रति आग्रह र पूर्वाग्रह नराखी पर्यवेक्षण गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा असार १४ गते हुने स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्ने विभिन्न सङ्घसंस्थाका २६ जनाको सहभागिता रहेको थियो ।

रविना चौधरी

अन्य

भिडियो