INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण

स्थानीय तहमा जनप्रतिनिधिहरू रिक्त नहुने गरी ऐन सम्मत निर्वाचनको मिति तत्काल घोषणा गर्न दबाव स्वरूप मानव अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूले माघ १७ गते सरकारको ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन ऐन २०७३ बमोजिम चैत ५  गते भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था अनुसार नै सरकारले निर्वाचनको मिति तोक्नु पर्ने भन्दै मानव अधिकार एलाइन्स, इन्सेक, गैसस महासंघ, महिला मानव अधिकार रक्षक सञ्जाल र उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

यस अघि निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल आगामी जेठ ५ गते सकिन लागेकाले संवैधानिक व्यवस्था बमोजिम नै निर्वाचनको मिति तोकिनु पर्ने मानव अधिकार एलाइन्सका टीकाराम आचार्यको भनाइ छ ।

Photo20220201Skt 2

स्थानीयतहको निर्वाचन पर धकेल्नु भनेको संविधानको मर्म, भावना र प्रावधान विपरीत हुने र नागरिकका आधाभूत मानव अधिकार बिरूद्धको कार्य हुने उहाँले औल्याउनु भयो ।

नागरिकको राजनीतिक अधिकार भित्र चुन्ने र चुनिन पाउने अधिकार संविधानमै स्पष्ट व्यवस्था गरेकाले सरकारले समय सीमाभित्र निर्वाचन नगराए नागरिकका अधिकार कुण्ठित हुने उहाँको भनाइ छ ।

Photo20220201skt

अन्य

भिडियो