गढी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय, विराटनगरको अयोजनामा भदौ ८ गतेदेखि मानव अधिकार निगरानी समूहका सदस्य तथा निर्वाचित प्रतिनिधिहरूका लागि आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुई दिने क्षमता अभिबृद्धि तालिम सुरू गरिएको छ ।
गढी गाउँपालिका–२ औरावनी र इनरुवा नपा–७ चाँदबेलाका ४० जनाको सहभागितामा सो तालिम सुरू गरिएको हो । सरोकारवालाहरूलाई इन्सेकको कार्यक्षेत्र, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको बारेमा प्रशिक्षण दिइरहेको कार्यक्रम संयोजक बागमती कट्टेलले बताइन् ।
कार्यक्रममा अधिकारकर्मी कोषराज न्यौपाने, अधिवक्ता जगत थापा, इन्सेक प्रदेश कार्यालयका संयोजक सोमराज थापालगायतले प्रशिक्षण दिइरहेका छन् ।
जयकृष्ण यादव