इन्सेक सिन्धुपाल्चोकद्वारा असोज २१ गते आयोजित वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौति विषयक अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाले देश विकाशका लागि नागरिक समाजका सबै संस्थाहरूसँग स्थानीय सरकारले समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताइन् ।
गैरसरकारी संस्था माहासङ्घ जिल्ला शाखाका सल्लाहकार संयोजक सोम सापकोटाले नागरिक समाजका सबै संस्थाहरू एकै प्रकारको नभएकाले उनिहरूलाई स्थानीय सरकारले वर्गीकरण गर्नुपर्ने बताए ।
नेपाल बार एसोसियसनका सचिव भूपेन्द्र थिङले नेपाल बारले सबै नागरिक समाजका संस्थाहरूसँग सहकार्य गर्ने बताए ।
नातिबावु धिताल