अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय अन्तर्गत दुल्लू नगरपालिकाका गठित मानव अधिकार समूहले दुल्लू क्षेत्रमा बजार अनुगमन गरिदिन ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष दुर्गे सार्कीको नेतृत्वमा टोलीले कात्तिक ६ गते नगर प्रमुख भरतप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएको हो ।

नेपालको संविधानको धारा ३६ मा उल्लेखित खाद्य अधिकार सम्बन्धी हक विषयलाई कार्यान्वयन गर्न आग्रह गर्दै मानव अधिकार शिक्षा कार्यक्रमले शिक्षा, स्वास्थ्य, विभेद विरुद्ध सवालमा पैरवी गर्दै आएका कार्यक्रमहरूमा नगरपालिकाको साझेदारी सहयोग बढाउने ज्ञापनपत्रमा उल्लेख छ ।
मावन अधिकार समूहले बुझाएको ज्ञापनपत्र बुझ्दै गरिसकेपछि दुल्लू नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजालले स्थानीय सरकारको दायित्वभित्रका कामलाई मानव अधिकार समूहले आग्रह गरे अनुसार तुरुन्तै बजार अनुगमन गरिने वचन दिनुभयो ।
