INSEC Online

📅 २०८३ जेष्ठ २१

दीप प्रज्वलन र सडक संवाद गरेर मनाइयो १९ औँ लोकतन्त्र दिवस

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घको संयुक्त आयोजनामा ०८२ वैशाख ११ गते वीरेन्द्रनगरमा १९ औँ लोकतन्त्र दिवस मनाइएको छ ।

लोकतन्त्र दिवसको अवसरमा वीरेन्द्र चोकमा सडक सम्वाद र दीप प्रज्वलन कार्यक्रमको गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सबल लोकतन्त्रले मात्रै मानव अधिकारको संरक्षण र सम्वर्द्धन गर्ने बताउनु भयो ।

आवाज संस्थाकी निर्देशक पवित्रा शाहीले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता नागरिक अधिकार लगायतका महत्त्वपूर्ण विषयहरू लोकतन्त्रकै कारण प्राप्त भएको भन्दै यो व्यवस्थाभन्दा अरु राम्रो नभएको बताउनु भयो । त्यस्तै गैरसरकारी संस्था महासंघका केन्द्रीय कोषाध्यक्ष गोविन्द शाहीले जनताले जनताद्धारा जनताकै लागि गर्ने शासन प्रणाली नै लोकतन्त्र भएका कारण यसलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्वपुर्ण रहने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले ‘लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर’, ‘समानता, न्याय र मानव अधिकार सुनिश्चित गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । कार्यक्रमको सञ्चालन गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज घनश्याम केसीले गर्नुभएको थियो । लोकतन्त्रको रक्षाका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रममा स्थानीय नागरिक, अधिकारकर्मी, पत्रकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

 

अन्य

भिडियो