इन्सेक क्षेत्रीय कार्यालय, धनगढीद्वारा आयोजना गरिएको सरोकारवालाहरूका लागि मानव अधिकार तालिम पुस १३ गते धनगढीमा सम्पन्न भएको छ ।

तिन दिनसम्म सञ्चालन भएको तालिममा मानव अधिकारको अवधारणा, अधिकारमूखी अवधारणा, मानव अधिकार बहस तथा पैरवी, सिमान्तकृत समुदायका अधिकार, आधारभुत अधिकार र नेपालको संविधान तथा स्थानीय सरकारका अधिकारहरूलगायतका विषय समावेश गरिएको थियो ।
तालिमको सहजीकरण इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत र क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशी, अधिवक्ता कुलानन्द उपाध्यय, मानव अधिकारकर्मी चित्रा पनेरूलगायतले गरेका थिए ।
तालिममा कैलाली र कञ्चनपुर जिल्लामा कार्यरत विभिन्न संघसस्थाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नगरपालिकाका प्रतिनिधि, पत्रकार तथा नागरिक समाजका प्रतिनिधि गरी २५ जनाको सहभागिता रहेको थियो ।
इन्सेक क्षेत्रीय कार्यालय, धनगढी