INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दुल्लूमा आयोजना गरेको स्थानीय तहमा वातावरण अधिकार सम्बन्धी कार्यशाला ०८१ फागुन २६ गते सम्पन्न भएको छ ।

Photo10032025Dailekh2

उक्त कार्यशाला दुल्लू नगरपालिकाका उपमेयर बिना कार्कीले हरेक व्यक्तिको व्यक्तित्व घरायसी चालनचलन निर्माण हुने भएकोले हरेक घरपरिवारलमा अभिभावकले असल शिक्षा दिनुपर्ने बताउनु भयो ।

स्वच्छ वातावरणका लागि गाउँघर, समुदाय सबैतिर वातावरणीय स्वच्छता बारे जनजेतना जगाउन पनि क घरपरिवारलमा अभिभावकले असल शिक्षा दिनुपर्ने उपमेयर कार्कीले तर्क राख्नुभयो । दुल्लू नगरपालिकाले आगामी वर्षे अधिवेशनमा वातावरण अधिकार सवालमा कार्यविधि ल्याउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

Photo10032025Dailekh

इन्सेकको अधिकार परियोजना अन्तरगत दुल्लूमा गठित मानव अधिकार समूहका ज्येष्ठ नागरिक नयाँराम रावतको अध्यक्षतामा कार्यशाला भएको थियो । त्यसबखत दुल्लू वन सवडिभिजनका वन अधिकृत रक्शान्दा सेढाई, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, समाजसेवी भागवत हमाल, शिक्षक लोकेन्द्र भण्डारी लगायतले वातावरण स्वच्छताको सवामा स्थानीय सरकारको भूमिका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

मानव अधिकार समूह, बालअकिार समूहका प्रतिनिधि र कार्यशालामा सहभागी सर्वसाधारणहरुले वातावरण अधिकार सम्वन्धी कार्यशालामा दुल्लू नगर क्षेत्रको फोहोरमैला व्यवस्थापन, विकास संरचनाहरू निर्माण गर्दा स्थानीय सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने लगायतका सवालमा ठोस पहलकदमी गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

Photo10032025Dailekh1

अन्य

भिडियो