INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा २१ जना पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को लागि सङ्कलित घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा तथा तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम ०८२ असार २२ गते दमौलीमा सम्पन्न भयो ।

तनहुँमा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६ महिनाको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २१ ओटा घटनामा २१ जना पीडित भएको इन्सेकमा अभिलेख गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १४ महिला र सात पुरुष सहित २१ जना पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । जसमा हत्याका घटनामा चार, बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुव्र्यहवारका आठ, मानव बेचविखन तथा ओसारपसारका दुई, कुटपिट, धम्की र दुव्र्यवहारका चार, बाल अधिकारका तीन र सम्पत्ती क्षतीमा एक ओटा घटना रहेका छन् ।

Photo 2025-07-07 Tanahu (4)

कार्यक्रममा मन्तव्य राख्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नेपालको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा इन्सेकको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । इन्सेक जस्ता मानव अधिकार संघ संस्थाले राज्यलाई मानव अधिकार कार्यान्वयनका लागि समय समयमा खबरदारी गरिरहनु पर्ने उहाँले बताउनु भयो । सबैले कानुनको पालना र सम्मान गर्ने हो भने मानव अधिकारको संरक्षण हुने अध्यक्ष श्रेष्ठले बताउनु भयो । विगतमा मानव अधिकारको विषय राजनीतिक तथा नागरिक अधिकारसँग बढी सम्बन्धित भएकोमा हाल आएर आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार तथा शिक्षा, स्वास्थ्यर खाद्य अधिकार तथा समृद्धीको विषयसँग जोडिएको श्रेष्ठले बताउनु भयो । संविधानमा उल्लेख भएको मानव अधिकारका विषयलाई तिनै तहका सरकारले पनि कार्यान्वयन गर्दै जानुपर्ने श्रेष्ठले बताउनु भयो ।

Photo 2025-07-07 Tanahu (3)

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर राजु अधिकारीले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानव अधिकार हनन्का घटनामा शुन्य सहनशिलताको नीति लिएको बताउनु भयो । मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको भन्दै अधिकारीले शाहीले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनु भयो । प्रहरीले मानव अधिकारको उल्लङ्घन ग¥यो भन्ने गुनासो आउन नदिने उहाँले प्रष्ट पार्नुभयो । उहाँले घरेलु हिंसा अन्त्यका लागि र मानव अधिकारको प्रत्याभुतीका लागि कानुन बमोजिम काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Photo 2025-07-07 Tanahu (1)

नेकपा एमालेका जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारीले मानव अधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताउनु भयो । अहिले मानव अधिकार उल्लघङ्नको घटना सार्वजनिक गर्दा भविष्यमा त्यस्ता घटना कम हुने विश्वास व्यक्त गर्नु भयो । इन्सेक सार्वजनिक गरेको तथ्याङ्कले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उहाँले मानव अधिकारको विषय विश्वव्यापी र सबैका लागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताउनु भयो । उहाँले मानव अधिकार हनन्का घटना निरुत्साहित गर्न पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । अदालतमा विचाराधीन मुद्धालाई प्रभावित गर्न बाहिर हस्ताक्षर संकलन गर्नाले पनि हजारौं पीडितको मानव अधिकार हनन् हुने अधिकारीले बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्व बास्तोलाले मानव अधिकारको संरक्षण र सम्बद्र्धनको जिम्मेवारी राज्यपक्षको भएको हुँदा राज्यले आफ्नो जिम्मेवारी पूरा गरेको छ की छैन भन्ने बारेमा इन्सेकले खबरदारी गर्दै आएको बताउनु भयो । उहाँले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले देशको मानव अधिकारको अवस्था देखाउने भन्दै बास्तोलाले मानव अधिकारको संरक्षण गर्न राज्यपक्ष लाग्नुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारीले मानव अधिकारको संरक्षणका लागि नेपाली काँग्रेस सँधै प्रतिबद्ध रहेको बताउनु भयो । लक्षित सुदायमा मानव अधिकारप्रति सचेतना जगाउन सकेमा मानव अधिकारको संरक्षण र सम्बद्र्धन हुने उहाँले बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षणमा इन्सेकले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।

Photo 2025-07-07 Tanahu (2)

महिला मानव रक्षक सञ्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल, महिला मानव अधिकार रक्षक सन्जाल तनहुँकी सदस्य सरस्वती सिग्देल, दलित अधिकारकर्मी, पत्रकार अमरराज नहर्की लगायतले सुझाव राख्नु भएको थियो ।

अन्य

भिडियो