INSEC Online

📅 २०८३ असार १८

जिल्ला स्तरीय बहस/ सम्वाद बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा चैत २३ गते जिल्ला स्तरीय बहस/सम्वाद बैठक सम्पन्न गरिएको छ ।

मालारानी र साहारे गाविसमा गठित मानव अधिकार निगरानी समूह, युवा समूह तथा बाल अधिकार चेतना समूहले स्थानीय स्तरमा छलफल गरी पहिचान गरेका कृषि, शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका सवाल, वर्तमान अवस्थामा जिल्ला स्तरमा देखिएका मानव अधिकारका चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो ।

दुर्गा थापा

अन्य

भिडियो