INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला स्तरीय अर्न्तक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असार ३१ गते सुनसरी सदरमुकाम इनरुवामा स्थानीय तहमा शिक्षाको अधिकारका सवाल विषयक अर्न्तक्रिया सम्पन्न भएको छ ।

समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) परियोजना अन्तर्गत भएको कार्यक्रममा स्थानीय तहले शिक्षा क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा छलफल भएको थियो ।

इन्सेक क्षेत्रीय संयोजक सोमराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले शिक्षा क्षेत्रमा भएका समस्याबारे जानकारी गराएका थिए । मानवअधिकार सञ्जालकी योशा गुरागाईले अझै पनि धरै बालबालिका विद्यालय बाहिर भएको र विपन्न बालबालिका विद्यालयको पहुँच भन्दा टाढा भएको बताइन् । पत्रकार राजेन्द्र पोखरेलले शिक्षाको गुणस्तरका लागि समुदायले विद्यालयको अपनत्व लिन पर्ने बताए । नागरिक निगरानी समूहका कमलकिशोर शर्माले विद्यालयको शिक्षा अपुरो रहेको भन्दै विद्यालयले पाठनपाठन संगसगैं स्वास्थ्य र वातावरणका कुरामा पनि ध्यान दिनुपर्ने बताए । हरि मावी चाँदवेलाका प्रधानाध्यापक काशीराम चौधरीले अब स्थानीय तहमा शिक्षालाई सवल र सुदृढ बनाउनका लागि नियम कानुन अभाव भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले शिक्षा सुधारका लागि सबै पक्षको उत्तिकै भुमिका हुनुपर्ने बताए । जनप्रतिनिधीले आफ्ना ठाउँका शिक्षण संस्थाको बारेमा विषेश चासो दिएर काम गर्नु पर्ने उनको भनाइ थियो । जिल्ला शिक्षा कार्यालयले सुनसरीका ४ ओटा विद्यालयलाई नमुना विद्यालय बनाउन सुरु गरेको उनले जानकारी दिए ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापनि समितिका अध्यक्ष, सामाजिक संघसंस्थाका प्रतिनिधिको समेत सहभागीता थियो ।

शेखर ढकाल

अन्य

भिडियो