INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय पोखराको आयोजनामा ०७३ फागुन २१ गते जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक दमौलीमा सम्पन्न भएको छ ।

Photo20170305Tanahun

इन्सेकद्वारा तनहुँ जिल्लाको जामुने र मनपाङ गाविसमा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रमको बारेमा जानकारी दिने र सरोकारवालाहरूको सुझाव सङ्कलन गर्ने उद्देश्यले सो बैठक आयोजना गरिएको हो ।

बैठकको अध्यक्षता गर्दै जिल्ला स्तरिय परियोजना सल्लाहकार समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले इन्सेकले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको बताए । यसले स्थानीय समुदायलाई आफ्नो अधिकार र राज्यले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी लिन सहयोग पुग्ने र सेवाप्रदायक निकायलाई पनि सजग गराउने बताए ।

जिल्ला पशु सेवा कार्यालय तनहुँका प्रमुख डा. दीर्घनाथ ढुङ्गानाले इन्सेकको कार्यक्रम सचेतनामूलक मात्र नभई आयमूलक हुनुपर्ने सुझाव दिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयकी विद्यालय निरीक्षक प्रेमकुमारी शर्मा, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत ऋषिभक्त वाग्ले, महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरीक्षक राधा वाग्ले, जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका संयोजक एवम् गैर सरकारी संस्था महासङ्घका अध्यक्ष रामलिला सुवर्णकार, पत्रकार महासङ्घका उपाध्यक्ष समुन्द्र पौडेललगायतले इन्सेकले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारिताको बारेमा आआफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी परियोजना फोकलपर्सन सवनम शर्माले इएलपी कार्यक्रम अन्तर्गत सञ्चालन गरिने कार्यक्रमहरूको बारेमा जानकारी गराएको थिइन् ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो