शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि नागरिकको पहुँच स्थापित गर्ने उद्धेश्यले नेपाल पत्रकार महासङ्घ सुनसरीका सहसचिव प्रमोद यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुस २३ गते सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको हो ।
समूहको सदस्यमा गैरसरकारी संस्था महासङ्घ सुनसरीका अध्यक्ष लखनलाल साह, अधिवक्ता श्यामिका महतो, युवा सञ्जाल सुनसरीका सचिव कमलकिशोर शर्मालगायत रहेका छन् ।
निगरानी समूह गठनपछि बोल्दै समूहका संयोजक प्रमोद यादवले जिल्लामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे सर्वसाधारणलाई सचेत गराउने र जिम्मेवार निकायलाई जवाफदेही बनाउन दबाव सिर्जना गर्ने बताए ।
शेखर ढकाल