INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत इन्सेक कपिलवस्तुको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते तौलिहवामा सम्पन्न भएको छ ।

Photo20180620Kapilvastu

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले इन्सेकले शिक्षा, स्वाथ्य र खाद्य अधिकारका सवालमा स्थानीय जनतालाई जागरूक बनाई निगरानी गर्ने कार्यले सेवा प्रदायकहरूलाई जिम्मेवार बनाउन सफल भएको बताएका छन् ।

इन्सेक र निगरानी समूह बुड्ढीले अनुदानको धानको विउमा बुद्धभूमि नगरपालिकामा भएको घोटलाको आफ्नो कार्यालयको ध्यान आकृष्ट भएकाले नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख तथा कृषि शाखा प्रमुखलाई राखेर के भएको हो ? तत्काल आवश्यक छानविनका लागि निर्देशन दिएको उनले बताए ।

यसै गरि शिक्षा, स्वास्थ्य खाद्य अधिकारका सवालमा धेरै समस्या रहेकाले स्थानीय तहलाई बोलाएर समाधानको लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यसैगरी जिल्ला समन्वय समितिकी उपप्रमुख तारावति चौधरीले निगरानी समूहले उठान गरेको बुद्धभूमि नगरपालिका र स्वास्थ्य चौकी एउटै प्राङ्गणमा हुँदा नगरपालिकाको गेट भएर स्वास्थ्य चौकीमा जानु पर्ने हुँदा गर्भवती महिलाले चेकजाँच गर्न जान छाडेको भन्ने कुरा आफूले पनि अनुगमनको बेला देखेको भन्दै तत्काल समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले इन्सेक र मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा उठान गरेका विषय गम्भीर प्रकृतिका भएकोले त्यसका समाधानका लागि जिल्ला प्रशासन कार्यालयको ध्यान आकृष्ट भएको बताए । सम्बन्धित निकायलाई कार्यान्वय गराउन आफूले पहल गर्ने बताउँदै १० ओटै स्थानीइ तहमा समेत निगरानी गर्न निगरानी समूहलाई सुझाव दिए ।

नन्दराम पौडेल

अन्य

भिडियो