INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान वैठक पुस ७ गते दमौलीमा सम्पन्न भएको छ ।

वैठकमा इन्सेकले तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर १,२,३,६ र ७ (साविक जामुने र मनपाङ गाविस) मा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको विषयमा जिल्ला परियोजना सल्लाहकार समितिसँग छलफल गरिएको थियो ।

इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले वैठकमा परियोजनाको उद्धेश्यका सम्बन्धमा जानकारी दिए । इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले अघिल्लो वर्षको कार्यक्रमको प्रभावकारिता र चालु वर्षको कार्यक्रम तथा बजेट सहितको योजना पेश गरेकी थिइन् ।

जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले इन्सेकले सञ्चालन गरेको कार्यक्रम प्रत्यक्ष रूपले स्थानीय समुदायसँग जोडिएकोले पनि बढी प्रभावकारी भएको पाइएको बताउँदै अब अधिकारको कुरा मात्र नगरेर नागरिकलाई कर्तव्य पनि सिकाउनु पर्ने बताए ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो