अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लू नगरपालिकामा-९ स्थित श्री प्रेम देवी माविमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ पुस २६ गते जातीय विभेद तथा छाउपडि प्रथा अन्धविश्वास विरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

बाल अधिकार समूहले जातीय विभेद तथा छाउपडी प्रथा अन्धविश्वासले समाजमा सामाजिक द्वन्द्व निम्त्याएको छ । विभेद र छाउपडी गर्नु सामाजिक अपराध हो । यदि कसैले यस्तो अपराध गर्न गरायमा संविधानको धारा २४ र ४० बमोजिम सजाय हुने सन्देश दिएको छ ।
जातीय विभेद तथा छाउपडी प्रथा अन्धविश्वास विरुद्ध सडक नाटक प्रदर्शन सम्पन्न कार्यक्रममा अभिभावक प्रेम कामीले समाजमा भएको असमन्ता र अन्धविश्वासका यथार्थ कुरा नाटकद्वारा झल्केको कुरा राख्नुभयो ।
श्री प्रेम देवी माविका प्रधानाध्यपक मणिराज जैसीले अहिलेको विज्ञानको युगमा पनि मानिसहरूको मानसिक सोच परिवर्तन हुनुपर्ने विचार राख्नु भयो । इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्ध विविध खाले कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि गरेको प्रति जैसीले धन्यवाद प्रकट गर्नुभयो । इन्सेकले गर्दा अतिरिक्त क्रियापलापमा विद्यार्थी क्षमता वृद्धि भएको बताउनु भयो ।

