INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय छुवाछुत तथा लैङ्गिक विभेद विरुद्ध सडक नाटक प्रदर्शन

इन्सेकको आयोजना तथा दुल्लु नगरपालिकामा -९ मा रहेको श्री प्रेम देवी माध्यमिक विद्यालयमा गठित बाल अधिकार समूहको समन्वयमा पुस २९ गते जातीय छुवाछुत तथा लैङ्गिकविभेद विरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

दुल्लु नगरपालिका बाल अधिकार समूहले जातीय छुवाछुत तथा लैङ्गिक विभेद विरुद्ध सडक नाटक प्रदर्शन सम्पन्न कार्यक्रममा प्रेम देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक मणिराज जैसीले इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र  लैङ्गिक विभेद विरुद्धकाे जनचेतनामुलक कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि गरेको प्रति धन्यवाद प्रकट गर्नु भयो ।

कार्यक्रममा जातीय छुवाछुत तथा लैङ्गिक विभेद विरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रममा अभिभावक,विद्यालय व्यवस्थापन समितिका सदस्य,जनप्रतिनिधि, शिक्षक र बाल अधिकार समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Photo20240114Dailekh (1)

Photo20240114Dailekh (2)

Photo20240114Dailekh (3)

अन्य

भिडियो