INSEC Online

📅 २०८३ जेष्ठ २१

जनज्योतीमा बाल अधिकार समूह पुर्नगठन र कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजना र जनज्योती बाल अधिकार समूहको समन्वयमा बराहताल गाउँपालिका – ५ स्थित जनज्योति माध्यमिक विद्यालयमा असोज २५ गते बाल अधिकार समूहको पुर्नगठन तथा कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । जनज्योतिका कक्षा ७,८,९ र १० का विद्यार्थीहरूको भेलाले समूहका अध्यक्ष सुनिलसिंह सुनारको अध्यक्षतामा १३ सदस्यीय बाल अधिकार समूह पुर्नगठन गरिएको हो । जसको उपाध्यक्षमा अस्मिता कँडेल , सचिवमा सुमन विक, सहसचिवमा प्रेम बुढा र कोषाध्यक्षमा सम्झना मिजार चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा लक्ष्मी विक, नवराज शाही, टीका थापा, दिपेश मिजार, यामदीप पुलामी मगर, नितीसा ढकाल, पूजा सुवेदी र जपना मिजार चयन भएका छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर गरङ्जाले हाम्रो विद्यालयमा यो परियोजना आएकोमा खुशी व्यक्त गर्दै नयाँ समुहमा आवद्द हुनुभएका बालबालिकालाई विद्यालय स्तरदेखि नैं आफ्नो हक अधिकारसँगै कर्तव्यको पालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले यही समुहबाटै समाज रूपान्तरणमा अहम भूमिका निर्वाह गरी व्यक्तिगत नेतृत्व विकास गर्नेमा विश्वास व्यक्त गर्दै नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष गरङ्जाले बाल समूहले गर्ने हरेक कामलाई विद्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रद्यानाध्यापक नारायणप्रसाद सिग्देलले पछिल्लो समयमा बालबालिकाले अधिकार मात्र खोज्ने र कर्तव्य भुल्ने प्रचलन बढिरहेको भन्दै यसमा सबैले ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले नयाँ चयन भएको कार्यसमितिले अबका दिनमा विद्यालयमा बालबालिकाको हक अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

गठन गरिएको नयाँ बाल समूहले एक वर्षको कार्ययोजना समेत तयार गरेको छ । कार्ययोजनामा मङ्सिर महिनाभित्र हाजिर जवाफ प्रतियोगिता गर्ने, पुसमा फुटबल र भलिबल प्रतियोगिता गर्ने, माघ महिनामा वादविवाद प्रतियोगिता र कपडी प्रतियोगिता गर्ने, फागुनमा लोक गीत प्रतियोगता गर्ने, जेठमा स्पेलिङ कन्टेष्ट र सडक नाटक गर्ने, असारमा चित्रकला प्रतियोगिता, साउनमा वक्तित्वकला प्रतियोगिता र भदौ महिनामा चम्चा दौड प्रतियोगिता गर्ने कार्ययोजना बनाएको छ । कार्यक्रमको सहजीकरण गर्दै इन्सेक सुर्खेत सहजकर्ता ललिता विकले इन्सेकको इएलपी परियोजनाले गर्ने काम कर्तव्य र उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।
received_878626143706072 received_1504727280347854 received_664309232468365 received_1047806003322320

अन्य

भिडियो