INSEC Online

📅 २०८३ जेष्ठ २१

छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन

पञ्चपुरी नगरपालिका–२ सुर्यप्रकाश मावि सालकोटमा इन्सेकद्वारा गठित सिर्जनशिल बाल अधिकार समुहले बैशाख २५ गते छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरेको छ ।

इन्सेकको आर्थिक सहयोग, सुर्यप्रकाश मावि सालकोटको आयोजना र पन्चपुरी नपामा गठित मानव अधिकार समूहको समन्वय मा सडक नाटक प्रदर्शन गरिएको हो ।

पश्चिम सुर्खेतमा बिकृतिको रुपमा रहेको छाउपडी प्रथालाई न्युनिकरण गर्ने उद्देश्यले प्रर्दशन गरिएको सडक नाटक समापनमा बोल्दै पञ्चपुरी नपाका कार्यपालिका सदस्य चन्द्रा आलेले यस्ता विकृति हटाउन सडक नाटक उत्प्रेरक बन्ने बताउनु भयो ।

कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, शिक्षक, बाल अधिकार समुहका सदस्य तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Photo20230510Surkhet (2)

Photo20230510Surkhet (1)

अन्य

भिडियो